तिलगंगा सामुदायिक आँखा केन्द्रले मनायो आफ्नो पहिलो वार्षिकोत्सव

१७ पुष, २०८१, बुधवार
सारांश
  • उनले एक वर्षभित्र आँखा केन्द्रले धेरै सफलता प्राप्त गर्दै जनतामा आफ्नो सेवा विस्तार गर्न सकेकोमा गर्व महसुश भएको बताएका हुन् ।

काठमाडौं तिलगंगा सामुदायिक आँखा केन्द्रले आफ्नो स्थापना दिवसको  अवसरमा पहिलो वार्षिकोत्सव मनाएको छ । बुधबार एक विशेष समाारोहकाबीच वार्षिकोत्सव मनाएको हो । 
उक्त वार्षिकोत्सव समारोहमा बोल्दै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले एक वर्षभित्र तिलगंगा सामुदायिक आँखा केन्द्रले जनतालाई धेरै नै सेवा गरेकोमा खुसि व्यक्त गरेका छन् । 


उनले एक वर्षभित्र आँखा केन्द्रले धेरै सफलता प्राप्त गर्दै जनतामा आफ्नो सेवा विस्तार गर्न सकेकोमा गर्व महसुश भएको बताएका हुन् ।


उनले भने, ‘एक वर्षभित्र तिलगंगा सामुदायिक आँखा केन्द्रले जनतालाई धेरै नै सेवा गरेकोमा खुसि लागेको छ । एक वर्षभित्र आँखा केन्द्रले धेरै सफलता प्राप्त गर्दै जनतामा आफ्नो सेवा विस्तार गर्न सकेकोमा मैले यसमा गर्व महसुश गरेको छु ।’


साथै, उनले यो आँखा केन्द्रलाई दिर्घकालिन रुपमा विस्तारित गर्दै जानुपर्ने बताए । उनले आँखा केन्द्रलाई विस्तारित गर्दै ठाउँ ठाउँमा यसको क्याम्प बनाउन सके सबै जनताले सहज रुपमा सेवा लिन सक्ने बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार